ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका–५ मा भएको चोरी प्रकरणमा पक्राउ परेका एक नाबालकलाइ बाल सुधार गृह पठाइको छ । स्थानीय दुई नाबालकले २०८२ बैशाख २० गते सोही स्थानको एक घरमा चोरी गरेका थिए ।
जिल्ला अदालत ओखलढुंगाको आदेश अनुसार बिहीबार उनिहरु मध्ये एक जनालाइ आफन्तको जिम्मा लगाइएको र एक जनालाइ मुद्दा पुर्पक्षका लागि बाल सुधार गृह सानोठिमी भक्तपुर पठाइको हो ।
उनिहरुले उक्त घरबाट आधा तोलाको सुनको तिलहरी र नगद रु. ८० हजार चोरी गरेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए ।


