• २०८३, १० बैशाख बिहीबार
0 COMMENTS

ओखलढुंगा। जिल्लाको मोलुङ गाउँपालिका–४ माझखर्कमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने सात जना सामान्य घाइते भएका छन । आज (शनिबार) साँझ करिब ५:१० बजेको समयमा पानीसँगै परेको चट्याङ लागी घरमा बसिरहेका ४० वर्षीय बीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा अन्य सात जनालाई सामान्य चोटपटक लागेको छ।

घाइते हुनेमा —

१) ३३ वर्षीय विषण तामाङ
२) ४२ वर्षीया डोल्मा तामाङ
३) २२ वर्षीया मुना तामाङ
४) २७ वर्षीय सुजन तामाङ (स्वास्थ्य चौकीमा उपचाररत, अवस्था सामान्य)
५) ३२ वर्षीय प्रेम बहादुर तामाङ (स्वास्थ्य चौकीमा उपचाररत, अवस्था सामान्य)
६) ५९ वर्षीया विष्णु कुमारी तामाङ
७) २२ वर्षीया सरीता तामाङ रहेका छन्।

घटनाबारे साँझ ५:४० बजे प्रहरी चौकी प्राप्चामा जानकारी प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थल पुगिसकेको छ ।

थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय वरुणेश्वर रामपुरबाट समेत प्रहरी टोली खटिने तयारी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

तस्वीर : विषण तामाङको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!