• २०८३, १० बैशाख बिहीबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका–२ सिम्ले र सिंहदेवी क्षेत्रमा शनिबार बेलुकी करिब ६ बजे परेको अबिरल वर्षाले घर र धानबालीमा ठूलो क्षति पुर्‍याएको छ । प्रहरी चौकी यसमाबाट खटिएको टोलीले स्थलगत अनुगमन गर्दा पाँच घरधुरी प्रभावित भएको पुष्टि गरेको छ ।

लिखु–२ सिम्ले बस्ने डिल्ली बहादुर कामीको ढुङ्गा–माटोले बनेको जस्तापाताको छाना भएको एकतले कच्ची घर पूर्ण रूपमा भत्किएको छ । पीडित परिवार अर्को घरमा सामानसहित बसाइँ सरेका छन् । साथै उनको करिब १ रोपनी धानबाली लेदोले पुरिँदा नष्ट भई करिब रु. १२ हजार बराबरको क्षति भएको छ ।

त्यसैगरी सोही स्थानका होम बहादुर तामाङको करिब आधा रोपनी धानबालीमा लेदो पस्दा नष्ट भई रु. ६ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।हरी बहादुर बुढाथोकीको करिब ३ रोपनी धानबाली वर्षाको भेलले बगाउँदा रु. ३६ हजार बराबरको क्षति भएको छ ।

त्यस्तै, मुना खड्काको १ रोपनी धानबालीमा लेदो पस्दा नष्ट भई करिब रु. १२ हजार बराबरको क्षति भएको छ ।लिखु–२ सिंहदेवीका भोज बहादुर खड्काको समेत १ रोपनी धानबालीमा लेदो पस्दा करिब रु. १२ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

साङ्केतिक तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!