ओखलढुंगा। जिल्लाको मोलुङ गाउँपालिका–४, घले गाउँस्थित घट्टे खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। रोल्पा जिल्ला, छलङ गाउँपालिका–९ भिरुल घर भई हाल सुनकोशी गाउँपालिका–१० कटुञ्जे ससुरालीमा बस्दै आएका ६२ वर्षीय चुकेन्द्र बुढा मगर माछा मार्न जाने भन्दै गएको शनिबारदेखि बेपत्ता भएका थिए।
खोजतलासका क्रममा आज (आइतबार ) बिहान घट्टे खोलामा उनी पानीभित्र घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय वरुणेश्वर, रामपुरबाट प्रहरी टोली खटिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
साङ्केतिक तस्वीर


