• २०८३, १० बैशाख बिहीबार
0 COMMENTS

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरेको छ। जिल्ला अदालत ओखलढुंगाले २०७६ मङ्सिर १६ गते बैंकिङ सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै सिद्धिचरण नगरपालिका–६ जन्तरखानीका ३८ वर्षिय अनिकेश मगरलाई पाँच दिन कैद र २ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने गरी फैसला गरेको थियो।

तर सजाय भुक्तान नगरी फरार रहेका मगरलाई प्रहरीको विशेष टोलीले काठमाडौं महानगरपालिका–८ गौशालाबाट पक्राउ गरेको हो। उनी ओखलढुंगा घर भइ सोही स्थानमा बस्दै आएका प्रहरीले जनाएको छ ।

मगरलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको टोलीले पक्राउ गरी आवश्यक प्रक्रिया पूरा गरेपछि फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!