ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिका–८ पधेरोमा पिंग खेल्ने क्रममा ३ वर्षीया बालिका मृत फेला परेकी छिन्। स्थानिय मेखबहादुर राईकी छोरी मेरिका राईको मृत्यु भएको हो । आज (मंगलबार ) बिहान छिमेकी अर्जुन राइको घरको दलानको थाममा कोहि नभएको अबस्थामा प्लास्टिकको नाम्लोको पिङ बनाइ ती बालिका खेलेको हुनसक्ने अनुमान गरिएको छ ।
सोही क्रममा डोरी बटारिएर बालिका असन्तुलित भइ डोरीमा झुण्डिँदा साँस फेर्न असहज भइ मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । मृतक बालिकालाइ आमाले फेला पारेपछि तत्काल डोरीबाट निकालिएको भए पनि बालिकाको मृत्यु भइसकेको थियो।
घटनाबारे जानकारी पाएपछि विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट प्रहरी टोली खटिएको थियो। साथै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अर्को टोली पुगेर घटनास्थल सुरक्षित गर्दै आवश्यक अनुसन्धान अघि बढाएको छ । शवलाई पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए ।
साङ्केतिक तस्बिर


