ओखलढुंगा । प्रतिवन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । जिल्लाको सिद्धिचरण नगरपालिका ११ मिलनचोक स्थित चेकजाँच गर्ने क्रममा उनिहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका १२ बस्ने २६ वर्षिय सागर केसी र सिनपा ११ ९ ज्यामिरेका २६ वर्षिय चुलेन्द्र खड्का रहेका छन । बजाज कम्पनीको १६० सिसिको एभेन्जर अन टेस्ट मोटरसाइकल चढेर उनिहरु बुधबार साझ ६:३० बजेतिर केत्तुकेबाट ओखलढुंगा आउदै गरेका थिए ।
सोही क्रममा शंका लागि आवश्यक चेकजाँच तथा तलासी गर्दा उनीहरूको साथबाट ट्रामाडोल ५० लेखिएको १० वटा पत्ता (९१ क्याप्सुल) लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ओखलढुंगाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए ।


