• २०८३, २४ जेष्ठ आईतवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–५ सानिटारका अन्दाजी ५२ वर्षीय एकराज मग्रातीको लडेर मृत्यु भएको छ । मग्राती आज (बिहीवार) दिउँसो करिब १ बजे बर्णालुबाट मासु बोकी घरतर्फ फर्कने क्रममा घर नजिकैको गोरेटो बाटोमा लडेका थिए। सोही क्रममा उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

उनी मृत अवस्थामा रहेको खबर दिउँसो साढे १ बजे रुम्जाटारस्थित बिमानस्थल सुरक्षा गार्डमा पुगेको थियो। खबर पाएलगत्तै त्यहाबाट प्रहरी टोली खटिएको र घटनास्थललाई सुरक्षित गरिएको थियो।

पछि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षकको कमाण्डमा अर्को टोली खटिएको थियो । प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!