ओखलढुंगा । सुरक्षित आवास गृह (सेफ हाउस) हरुको सम्बन्धमा गुनासो सुनुवाई र ब्यवस्थापन निर्देशिका सम्बन्धि छलफल गरिएको छ । सेफ हाउसको सेवा लिएकाहरुको सेवा सम्बन्धि गुनासो सुनुवाई र ब्यवस्थापन गर्न निर्देशिका तयार हुँदै छ । त्यसै सम्बन्धि आज (शुक्रबार) जिल्ला स्थित सरोरवाला र सम्बन्धित निकाय संग छलफल गरिएको हो ।
छलफलमा हाल तयार गरिएको निर्देशिकाको मस्यौदा बारे (सिएमसी) नेपालकी कोशी प्रदेश परियोजना संयोजक निशा दाहाल र (युएनएफपीए) जिल्ला संयोजक रेखा श्रेष्ठले जानकारी प्रस्तुत गरेका थिए । उनीहरुले निर्देशिकाले सेवाग्राहीलाई अधिकार र गुनासो व्यवस्थापनको प्रक्रिया स्पष्ट बुझ्न सहयोग गर्ने बताएका छन । निर्देशिकाको मस्यौदाबारे जानकारी दिइसकेपछि त्यसलाई अन्तिम रूप दिइने र औपचारिक रूपमा कार्यान्वयनमा लैजाने तयारी भइरहेको उनिहरुले बताए । निर्देशिकाले सेवाग्राहीको अधिकार सुरक्षित गर्दै, गुनासो व्यवस्थापन र समाधान प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने विश्वास व्यक्त गरिएको छ ।
(युएनएफपिए) को आर्थिक सहयोग र (सिएमसी) नेपालको सहकार्यमा सदरमुकाम स्थित परिवर्तणशिल महिला सामुदायिक संस्थाले संस्थाले सञ्चालन गरेको सेफ हाउसको हलमा भएको कार्यक्रमा जिल्लास्तरीय सुरक्षित आवास गृह व्यवस्थापन समितिका संयोजक तथा सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतको अध्यक्षता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बस्नेतले निर्देशिकाको महत्व बारे स्पष्ट पारे ।
उनले यस निर्देशिकाले सुरक्षित आवास गृहमा सेवा लिने सेवाग्राहीले आफ्नो असुविधा वा गुनासो तुरुन्त व्यक्त गर्न र त्यसको समाधान पाउन सक्ने प्रणाली सुनिश्चित गर्नेमा विश्वास ब्यक्त गरे । यसबाट सेवामा पारदर्शिता बढ्नुको साथै सेवाग्राहीको विश्वास अझ मजबुत हुने उनको भनाई थियो । यसले दीर्घकालीन रुपमा सुरक्षित आवास गृहको सेवाको गुणस्तर सुधार्न पनि टेवा पु¥याउने बस्नेतले बताए ।
परिवर्तणशिल महिला सामुदायिक संस्थाकी अध्यक्ष पेमडोमा शेर्पाको सहजीकरणमा सम्पन्न कार्यक्रममा (सिएमसी) नेपालकी कमला सिग्देल, सरोकारवाला, जिल्ला स्थित संचारकर्मी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।


