ओखलढुंगा । काठमाण्डौको केन्द्रीय कारागारबाट फरार एक कैदी ओखलढुंगामा पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको मोलुङ गाउँपालिका ६ का ४० वर्षिय भोगे भनिने रुद्रबहादुर तामाङ रहेका छन । उनी जबरजस्ती करनी कसुरमा केन्द्रिय कारागार काठमाण्डौमा कैद भुक्तान गरिरहेका थिए ।
गत असोज २४ गते जेलबाट भागेका उनी मोलुङ गाउँपालिका ५ प्राप्चाबाट हिजो (आइतबार) पक्राउ परेका हुन । प्रहरी चौकी प्राप्चाबाट खटिएको टोलीले उनलाइ पक्राउ गरेको ओखलढुंगा प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई आज (सोमबार) कैद भुक्तानका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए ।
यस अघि पनि काठमाण्डौबाट फरार एक कैदी ओखलढुंगाबाट पक्राउ परिसकेका छन ।


