ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका–६ नयाँबनकी १४ वर्षीया निमडोमा शेर्पाको खोलाले बगाउँदा मृत्यु भएको छ । आज दिउँसो करिब १ः३० बजेको समयमा मोलुङ गाउँपालिका–६ र खिजिदेम्बा गाउँपालिका–६ को सीमाना भएर बग्ने एलुङ खोला तर्ने क्रममा शेर्पालाइ खोलाले बगाएको हो । उनी निगुरो टिपेर घर फर्कँदै गर्दा घटना भएको प्रहरीले जनाएको छ ।
घटनाबारे दिउँसो ३ः१० बजे प्रहरी चौकी श्रीचौरमा खबर प्राप्त भएपछि प्रहरी टोली स्थानीयवासीसहित खोजतलासमा खटिएको थियो । सोही क्रममा साँझ ५ः१० बजे घटनास्थलदेखि करिब १ किलोमिटर पूर्व खिजिदेम्बा गाउँपालिका–६ को एलुङ खोलाको किनारमा उनलाई घोप्टो अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।
मृतकको शव आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
साङ्केतिक तस्बिर


