• २०८३, ११ बैशाख शुक्रबार
0 COMMENTS

ओखलढुंगा । हिंसा प्रभावित महिलाको जीवनयापन सुदृढ बनाउन कुटानी–पिसानी मिल सहयोग गरिएको छ। परिवर्तनशील महिला सामुदायिक संस्थाको समन्वयमा जिल्लाका तीन जना महिलालाई करिब ४० हजार रुपैयाँ बराबरको मिल हस्तान्तरण गरिएको हो।

यस कार्यमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को आर्थिक सहयोग, एबिसी नेपालको प्राविधिक तालिम र सिएमसी नेपालको सहकार्य रहेको छ। सहयोग स्वरूप मिल प्राप्त गर्ने महिलालाई सञ्चालनसम्बन्धी आवश्यक सीपसमेत प्रदान गरिएको परिवर्तनशील महिला सामुदायिक संस्थाले जनाएको छ।

यसअघि सिद्धिचरण नगरपालिकामा सुरक्षित आवास गृह (सेफ हाउस) सम्बन्धी बैठक सम्पन्न भएको थियो। उप–प्रमुख तथा सेफ हाउसका संयोजक केदारबाबु बस्नेतको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो तीन महिनामा २१ जना हिंसा प्रभावितले सेवा लिएको तथ्यांक प्रस्तुत गरिएको थियो।

बैठकमा सेफ हाउसको सुरक्षा चुनौती, बजेट अभाव र सञ्चालनमा देखिएका कठिनाइबारे छलफल गर्दै समाधानका उपायहरू माथी समेत छलफल गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!