• २०८३, ११ बैशाख शुक्रबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिका–७ ठुलढुङ्गामा आज (शनिबार) दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। दुर्घटना आज दिउँसो करिब २ बजेतिर भएको हो। रुम्जाटारबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ त ४१०१ नम्बरको ट्याक्टरको पछाडिको ट्रली सडक खण्डमा खुस्किएर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

ट्रली सडकबाट करिब ७० मिटर तल खस्दा ट्रलीमा सवार तीन जना बाटोमै खसि घाइते भएका हुन्। घाइतेहरूमध्ये चिसंखुगढी–७ की ३५ वर्षीया अन्जु बस्नेत (कार्की) टाउकोमा चोट लागेर तत्काल बोल्न नसक्ने अवस्थामा पुगेकी छन्।

त्यसैगरी, सोही स्थानकी ३० वर्षीया कल्पना खत्री ढाडमा चोट लागेर मध्यम अवस्थामा छिन् भने चोलेन्द्र बस्नेतका ११ वर्षीय छोरा अनिस बस्नेत अनुहार र ढाडमा चोट लागेर सामान्य घाइते भएका छन्। घाइते सबैलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ।

दुर्घटनापछि ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर बीमानस्थल सुरक्षा गार्ड रुम्जाटारमा राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!