• २०८३, २४ जेष्ठ आईतवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेस्थित सिद्धिचरण लोकमार्गमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

आज (सोमबार) अपराह्न करिब ४ बजेर १० मिनेट जाँदा काठमाण्डौबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बा ५ ख ८२२९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश–१–०७–००१ प ०६७४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सिद्धिचरण नगरपालिका–११ बस्ने २१ वर्षीय विनोद कटवाल गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्पताल लगिएको थियो। तर, अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले कटवाललाई मृत घोषणा गरेका छन्।

उक्त मोटरसाइकलमा पछाडि सवार ऐ. ऐ–५ बस्ने २१ वर्षीय कुमार विश्वकर्मा घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बस र बस चालक सिद्धिचरण नगरपालिका–१० बस्ने २९ वर्षीय रमेश धमलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!