ओखलढुंगा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । जबरजस्ती करणी मुद्दामा वारदातपछि फरार रहेका दिलकुमार कार्की पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार फरार रहेका उनलाइ खोजतलास गर्ने क्रममा गत साउन १ गते रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, यात्रुवेशी क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको थियो ।
पक्राउ परेका कार्कीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी ओखलढुंगा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आज (सोमबार) उनलाई जिल्ला अदालत ओखलढुंगाबाट ७ दिनको म्याद थपेर लिई थप अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष खोजी अभियान सञ्चालन गरिएको थियो।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शेखर कुमार शाहले जानकारी दिए ।


