ओखलढुंगा: नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज(मंगलबार) आह्वान गरेको नेपाल बन्दको प्रभाव ओखलढुंगामा शुन्य देखिएको छ । यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै आवहन गरिएको नेपाल बन्दको प्रभाव जिल्लामा नरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
जिल्लाबाट राजधानी काठमाण्डौँसहित पुर्वका अन्य जिल्लाहरुमा छुट्ने अधिकांश सवारी साधनहरु निर्वाद रुपमा आउजाउ गरेको प्रहरीको भनाई छ । अन्य जिल्लामा केही मात्रामा बन्दको प्रभावको परेको देखिएपनि ओखलढुंगामा प्रभाव नदेखिएको जिल्ला प्रहरी प्रमुख सुकदेव खनालको भनाई छ ।
केही बिद्यालयले भने समान्य डरका कारण आफुखुशी बिद्यालय बन्द गराएका थिए । मंगलबारको बन्दलाई अरु साना दलहरु नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले पनि समर्थन गरेका थिए ।
उनीहरुले एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राखेका छन् ।