ओखलढुंगा: भुमि आयोग र स्थानीय तहबिचको समन्वय अभावका कारण भुमी सम्बन्धी समस्या भएका नगारिकको पहिचान हुन सकेको छैन । भुमि आयोग जिल्ला समिती ओखलढुंगाले मंगलबार गरेको पत्रकार सम्मेलनमा आयोग र स्थानीय तहबिचको समन्वयको अभावमा भुमि सम्बन्धी समस्या भएका नगरिकको पहिचनामा समस्या भएको आवाज उठेको हो ।
आयोगले गत असार मसान्तसम्मको समयभित्र आफ्नो स्थानीय तहमा भएका सुकुम्बासी तथा भुमि सम्बन्धी समस्या भएका नागरिकको पहिचान गरेर तथ्याकं बुझाउन आग्रह गर्दा समेत स्थानीय तहले अटेर गरेका छन् । गतबर्ष फागुन २७ गते स्थानीय तहलाई पत्राचार गरिएपनि हालसम्म सिद्धिचरण नगरपालिका बाहेक अन्य स्थानीय तहले बिवरण उपलव्ध नगराएको भुमि आयोग जिल्ला समिती ओखलढुंगाका बिज्ञ सदस्य मेख बहादुर खड्काले बताए ।
अघिल्लो पटक खिजीदेम्बा गाउँपालिका,सिद्धिचरण नगरपालिका,चिशंखुगढी गाउँपालिका र लिखु गाउँपालिका सहित चारवटा पालिकासंग समन्वय गरेर बिवरण माग गरिएकोमा सिद्धिचरण नगरपालिकाको मात्रै ५ वटा निवेदन संकलन भएको छ । अन्य स्थानीय तहबाट निवेदन प्राप्त नभएको उनको भनाई छ । निवेदन संकलनका लागी पुनः स्थानीय तहलाई ईमेलमार्फत पत्राचार गरिएको अयोगले जनाएको छ ।
आयोगका सदस्य नवराज खड्काले अयोग र स्थानीय तहबिचको समन्वयको अभावमा विवरण संकलनमा समस्या भएको स्वकार गरे । जिल्लामा राष्ट्रिय भुमि अयोग स्थापना भएपनि कामगर्ने अधिकार स्थानीय तहलाई दिईदाँ स्थानीय तहबाट यसको नतिजा आाउन नसकेको उनको बुझाई छ ।
विवरण संकलन गर्न तथा अध्यवधिक गर्न स्थानीय तहमा छुट्टै कर्मचारी नहुदाँ यस्तो समस्या देखिएको हो । यस समस्या समाधानका लागी सरकारले प्रत्येक स्थानीय तहमा छुट्टै सुुकुम्बासी तथा भुमि सम्बन्धी समस्या भएका नागरिकको तथ्याकं संकलन गर्ने कर्मचरीको ब्यस्थापन गर्नुपर्ने जिल्ला अयोगको माग छ ।
अयोगले जिल्लामा स्थापना पछि बिभिन्न सरोकारवाला निकायसंगको छलफल,संबन्धीत बिषयमा अभिमुखीकरण,स्थानीय तहलाई पत्राचार लायतको कार्यबिवरण पत्रकार सम्मेलनमा जानकारी गरिएको थियो ।