भदौ २६, काठमाण्डौं । पपुवा न्युगिनीमा आईतबार विहान ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँ ठूला क्षति पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प आईतवार बिहान केनान्तु सहर नजिकै गएको हो । प्रशान्त टापुको देश पपुवा न्युगिनीमा ठूलो भूकम्प गए पनि सुनामीको खतरा भने नरहेको त्यहाँको सञ्चारमाध्यमहरुले उल्लेख छन् ।
ठूलो भूकम्पका कारण देशका केही भागहरूमा विद्युत् कटौती र भवनहरूमा क्षति पुगेको भनिए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।