• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा: नवौँ राष्ट्रिय खेलकुद अन्तरगत प्रदेश स्तरिय प्रतियोगीतामा सहभागी हुने खेलाडीहरुको बिदाई गरिएको छ । ओखलढुंगाबाट बिभिन्न बिद्याको प्रतियोगीतामा सहभागी हुने करिब २ सय २४ जना खेलाडीहरुलाई सोमबार बिदाई गरिएको हो ।

सिद्धिचरण नगरपालिका प्रमुख तेजेन्द्र खनाल तेजेनले बिदाई गरेका खेलाडीहरु मंगलबार आज धरान प्रस्थान गरेका छन् । भाद्र २९ गतेबाट प्रदेश १ को विभिन्न जिल्लामा हुने प्रतियोगीतामा सहभागि हुन खेलाडीहरुलाइ पदेश छनोटका लागी प्रस्थान गरेको जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए ।

जसका लागी ओखलढुंगाबाट २३ बिद्याका २ सय २४ जना खेलाडीहरु सहभागी हुदैछन् । खेलमा सहभागी हुने खेलाडीहरुलाई नगरप्रमुख तेजेन्द्र खनाल,उपप्रमुख केदारबाबु बस्नेत,प्रमुख प्रशासकिय अधिकृत बलराम लम्साल लगायत खेलकुदका पदाधीकारीहरुले अबिर र खादा लगाएका बिराई गरेका हुन् ।

जिल्लाको नाम राख्न नगर प्रमुखको शुभकामना

नगरप्रमुख तेजेन्द्र खनाल   ले अनुशासित भएर खेलमा सहभागी हुने आग्रह गरे । उनले जिल्लाको नाम उच्च राख्ने गरेर लगनशिल र मेहनतका साथ खेल्न सबै खेलाडीहरुमा शुभकामना दिए । आगामी दिनमा खेलकुदको विकासका लागि स्थानीय तहले निरन्तर सहयोग गर्ने उनको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!