• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

पिके सोलुखुम्बु टाप्टिङ्ग समाज सेवा काठमाडौले सिङ्गाने देखि साम्सिङ भञ्ज्याङ सम्मको ऐतिहासिक पुराना र जिर्ण भएको माने  निर्माण हुने भएको छ । । पर्यटन मार्गमा पर्ने ऐतिहासिक पुरानो मानेहरुको अबस्था निकै नाजुक रहेको र चाडो भन्दा चाडो पुनः निर्माण र संरक्षण गर्न लागेको महासचिव अम्बर तामाङले जानकारी दिनु भयो ।

माने बौद्ध धर्माबलम्बीहरुको धार्मिक आस्था हो । माने निर्माण सामुहिक योगदानमा मानवको रक्षा र शान्तिको कामनासहित प्रायः सार्वजनिक ठाउँमा निर्माण गरिन्छ । व्यक्तिले जग्गा दिएर बनाइए पनि यहाँ बनाइसकेपछि सबैको सरोकार र स्वमित्व रहन्छ ।

साधारण भाषामा बुझ्दा एक प्रकारको चौतारी हो, जहाँ बौद्ध धर्माबलम्बीले घुमेर पुज्छन् । विश्राम गर्छन् । निर्माण गर्दा योगदान गर्नेहरुको नाम ढुंगामा मन्त्रसहित लेखिन्छ 

यसभित्र बहुमूल्य धातु तथा आस्थाका वस्तु राखिन्छ । यसलाई भत्काउन वा उत्खनन गर्नु धर्म विरोधी काम मानिन्छ । 

दावा जाङबु शेर्पा काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!