• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप:मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले आईतबार आज रामेछाप बिमानस्थलको स्थलगत अवलोकण गर्नु भएको छ । सदरमुकाम मन्थलीमा रहेको बिमानस्थलको अवस्था बारेमा उहाँले कार्यालय प्रमुख लगायत सरोकारवालाहरु संग अन्तरक्रिया समेत गर्नु भएको छ ।

सोलु सगरमाथा क्षेत्र जाने पर्यटकहरुले रामेछाप बिमानस्थल पर्यटकिय केन्द्र बन्दै गएको र मन्थली नगरक्षेत्रभित्र रहेको बिमानस्थल भएकाले स्थानीय नगर सरकारको तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ भनी बिमानस्थल भ्रमणमा निस्किएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा नगरप्रमुख श्रेष्ठले मन्थली नगरपालिकाले बिमानस्थलको कुन पक्षमा सहयोग गर्दा राम्रो हुन्छ भनि उड्यन कार्यालयका कर्मचारीहरुसंग जिज्ञासा समेत राख्नु भएको थियो ।

कार्यालयका प्रतिनिधीहरुले ुसुद्ध खानेपानी तथा सरसफाई लगायतका क्षेत्रमा सहयोग गरे राम्रो हुने बताएका थिए । बिमानस्थलमा आसपासमा हुने फोहोर जन्य वस्तु संकलन गर्न मन्थली नगरपालिकाले डस्बिन समेत राखिदिएको छ । त्यस्तै बिमानस्थल प्रवेशद्धवारमा रहेको फोहोर,झारपातलाई हटाउदै नगरप्रमुख श्रेष्ठले सरसफाई अभियानको सुरुवात समेत गर्नुभएको छ ।

त्यस कार्यक्रममा मन्थली नगरपालिका १ का वार्ड अध्यक्ष होम प्रसाद पौडेल ( रामहरी) , मन्थली नगरपालिकाका उपसचिव हेमन्त कुमार बुढाथोकी र रामेछाप नागरिक उड्यन कार्यालयका प्रमुख सरिता पाण्डे लगायतको सहभागीता रहेको थियो । अहिले रामेछाप बिमानस्थल देशकै ब्यस्त बिमानस्थलको रुपमा परिचित छ ।

यहाँबाट सोलु सगरमाथा क्षेत्र जाने हजारौ पर्यटकहरु मन्थली बिमानस्थलाई गन्तव्य बनाएर जाने गरेका छन् । राजधानी काठमाण्डौबाट हुदै आएको सबै उडान सदरमुकाम मन्थलीमा रहेको रामेछाप बिमानस्थलबाट हुदै आएको छ । त्यसैले यस बिमानस्थल आसपासमा रहेका होटल तथा बजारलाई पर्यटकमैत्री बनाउन थप सहयोग गर्न नगरपालिका तत्पर रहेको नगरप्रमुख श्रेष्ठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!