ओखलढुंगाः यसपटको प्रतिनिधि सभा निर्वाचन जिल्लामा रोचक हुने देखिएको छ । आगमी मंसिर ४ गतेहुने प्रतिनिधिसभा निर्वाचनमा जिल्लाबाट सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका रामहरि खतिवडा र एमालेबाट यज्ञराज सुनुवार चुनावी मैदानमा छन् ।
२०७० र ०७४ सालको निर्वाचनमा विजयी भएका नेता सुनुवार यसपटक पनि जित निकाल्ने दाउमा छन् । तर यसअघि पनि उनीसंगै प्रतिश्पर्धामा उत्रिएका काग्रेसका नेता रामहरी खतिवडा यसपटक हारको बदला लिने तयारीका साथ पुनः चुनावी भिडन्तमा छन् । एमालेबाट उमेद्धवार बनेका सुनुवारलाई यसपटक भने चिर्वाचनमा निकै सकस हुने देखिएको छ ।
०७४ सालको निर्वाचनमा नेकपा माओवादी र एमालेको वाम गठबन्धनबाट निर्वाचन जितेका सुनुवारलाई यसपकट सत्ता सगठबन्धनका उमेद्धवार खतिवडासंग एक्लै चुनावी मैदानमा उत्रनुपर्नेछ । नेता सुनुवार र खतिवडा ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ओखलढुंगा निर्वाचन–१ र २ बाट निर्वाचित भएका हुन् । ०७४ सालदेखि ओखलढुंगामा एकमात्र निर्वाचन क्षेत्र कायम भएको हो । त्यसपटि यी दुबै नेता एक अर्काबिचमा प्रतिस्पर्धी बनेका हुन् । जिल्लागत रुपमा दुई नेताको छवि राम्रो छ ।
गत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मत परिणामलाई आँकलन गर्दा खतिवाडालाई यसपटक केही सहज देखिन्छ । वडाअध्यक्षहरुले पाएको मतअनुसार कांग्रेसले ३२,२८८, एमाले २९,५९१, माओवादी केन्द्र ६,९६१, जसपा २,१९४, एकीकृत समाजवादी ५२१ र राप्रपा नेपालले १४६ मत पाएको थियो ।
उक्त मतअनुसार एमालेभन्दा गठबन्धन १० हजार बढी मतले अगाडि रहेको छ । गठबन्धको मत जोड्दा ३९, ७०१ पुग्छ भने एमालेको २९,५९१ मात्रै रहेको छ । यी दुबैजना नेता आगामी निर्वाचनमा दोस्रो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । यसरी हर्दा गठबन्धनका उमेद्धवार खतिवडा यसपटक ०७४ को बदला लिने र सुनुवार पुनः ह्याट्रिक सहित चुनाव जित्ने दाउ सहित चुनावी प्रचारमा होमिएका छन् ।