• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन । पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका घर भई जिल्लाको सिद्धिचरण नगरपालिका ११ बस्दै आएका ६१ बर्षिय रामबहादुर राई रहेका छन । राईलाई आफ्नै अन्दाजी ३३ बर्षिया श्रीमती कल्पना खड्का (राई) को हत्या गरेको अभियोग छ ।

स्थाई ठेगाना सोलुखुम्बु भएका राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ बाट जिल्ला आएर बिगत ३ बर्षदेखी जिल्लाको सिद्धिचरण नगरपालिका ११ सोब्रु स्थित एक स्थानीयको बारीमा घर टहरा बनाई बसोबास गर्दै आएका थिए । शुक्रबार साँझ करिब साँढे ६ बजेतिर घरमै श्रीमान श्रीमती बिच आन्तरीक विबाद भएको थियो ।

विवादकै क्रममा मापसे गरेका अभियुक्त राईले श्रीमतीलाई दाउराको चिर्पटले टाउको तथा शरिरका अन्य भागमा प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना बारे (आज) शनिबार विहान मात्र स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पश्चात जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले निज राईलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी (प्रहरी निरीक्षक) केशब अधिकारीले जानकारी दिए ।उनका अनुशार कानुनी प्रक्रिया पुरा गरी शबको पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ ।

अभियुक्त राईले घटना आफैले घटाएको प्रहरी समक्ष स्वीकार गरिसकेको अधिकारीले बताए । घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!