• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप: उमाकुण्ड गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । शनिबार बिहान उमाकुण्ड गाउँपालिका ५ प्रितीमा ट्याक्टर दुर्घटना हुदाँ सोही ठाँउका ३० बर्षिय प्रेमबहादुर सुनुवारको घटना स्थलमै ज्यान गएको हो । घटनामा परेर अन्य दुईजना घाईते भएका छन् ।

घाईते हुनेहरुमा सोही स्थानका ३८ बर्षिय हित बहादुर खत्री र ३६ बर्षिय निल कुमार सुनुवार रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । लिखु गाउँपालिकाको बेनीबाट एकादशीको मेला भरेर फर्किने यात्रु चढेको लु ३ त २४९९ नम्बरको ट्याक्टर संसारीडाँडा भन्ने स्थानमा दुर्घटनमा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरिक्षक राजु प्रसाद ढकालले जानकारी दिए ।

मृतक सुनुवार सोही ट्याक्टरको सहचालक भएको र उनले नै ट्याक्टर चलाएको स्थानीयले बतएका छन् । स्थानीयका अनुसार सडक छेउमा रोकेर समान झार्ने क्रममा ट्याक्टर अचानक पल्टिएको अनुमान गरिएको छ ।

प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!