रामेछाप: आगमी मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसंगै रामेछापका राजनीतिक दलहरु चुनावी अभियानमा ब्यस्त छन् । जिल्लाबाट निर्वाचनमा भाग लिएका साना तथा ठुला राजनीतिक दलहरु आ–आफ्नो चुनावी एजेन्डा सहित जनताको घरदैलो अभियानमा ब्यस्त बनेका हुन् ।
नेकपा एमाले रामेछापले पनि निर्वाचन नजिकिएसंगै आफ्नो चुनावी अभियानलाई तिब्र पारेको छ । आईतबार एमाले रामेछापका प्रतिनिधीसभा सदस्य उम्मेदवार कैलाश प्रसाद ढुंगेल र प्रदेशसभा क का उम्मेदवार शान्ति पौडेलले उमाकुण्ड गाउँपालिकाको दुई वडाका मतदातासंग भेटघाट गरका छन् ।
उनीहरुले गाउँपालिकाको वडा नम्बर ४ र ५ च्यादलुका मतदातासंग भेटघाट सहित चुनावी प्रचार र निर्वाचनको समिक्षा गरेका छन् । एमाले पोलिटब्युरो सदस्य कमल प्रसाद चौलागाईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा निर्वाचनमा भग लिएका नेता तथा जिल्ला स्थित अन्य नेता कार्यकर्ताहरुले सम्बोधन गरेका थिए। कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य चौलागाईले देशको बिकाशका लागी अब एमालेको बिकल्प नभएको बताए ।
उनले शुखी नेपालीः समृद्ध नेपाल निमार्णका लागी एमालेलाई मतदान गर्न आम मतदातालाई आह्वान समेत गरे । कार्यक्रममा वाग्मती प्रदेश सचिवालय सदस्य तथा प्रदेशसभा क का उम्मेदवार शान्ति पौडेलले देश र जनताको पक्षमा कानुन निमार्ण गरी दिगो पुर्वधरको बिकाश गर्न एमालेको बिकल्प नभएको बताए ।
उनले गठबन्धन दलका उम्मेदवारले जनता माझ भ्रमको खेती गरेर जनतलाई भड्काएको आरोप समेत लगाए । पौडेलले एमाले पार्टी नेता र अन्य दल कार्यकर्ता भएको भन्दै नेताले निती र कार्यकर्ताले भ्रम छर्ने काम मात्र गर्ने बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्र्रतिनिधीसभा सदस्य उम्मेदवार कैलाश प्रसाद ढुंगेलले हरेक समाजका ज्येष्ठ नागरिक,युवा,बालबालिका लागतको समस्या समाधानका लागी एमालेको सरकार बन्नुपर्ने बताए । उनले सामाजीक तथा आर्थीक रुपान्तरण,बन तथा वाताबरणको संरक्षण तथा सुसासनयुक्त समाज निमार्णका लागी एमालेलाई मतदान गरी बिजयी गराउन आग्रह गरे ।
एमाले निर्वाचन परिचालन कमिटी च्यादलुले अयोजना गरेको कार्यक्रममा प्रदेश कमिटी सदस्य नाम्गेल शेर्पा,जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।