• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप:मन्थली नगरपालिकामा नमूना मतदान गरिएको छ । जिल्ला समन्वय समितिको मैदानमा नमूना मतदानमा कार्यक्रम अयोजना गरिएको हो । नमुना मतदान केन्द्रबाट मतपेटीका खोसिएको वा लुटिएको अवस्थामा प्रहरी तथा अन्य निकायले पालना गर्नुपर्ने आवश्यक भुमिकाका बिषयमा जनकारी सहितको नमुना मतदान गरिएको छ । 

मतदान गर्ने क्रममा मतपेटिका कब्जा भएको वा खोसिएको अवस्थामा के गर्ने भन्ने सन्देश सहितको नमुना मतदानको अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकारी मधुकर शाहले जानकारी दिए । नमुना मतदान कार्यक्रममा निर्वाचन अधिकृत,प्रहरी प्रशासन,राजनितीक दलका प्रतिनिधी लागायतको सहभागीत सहितको नमुना कार्यक्रम गरिएको थियो ।

आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको तयारी स्वरुप नमुना मतदान गरिएको निर्वाचन अधिकारी शाहको भनाई छ । मतदानका क्रममा आईपर्ने समस्या तथा अप्ठ्याराहरु र तिनको समाधारका उपाय सहितको अभ्यास गरिएको हो । निर्वाचनलाई स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन अभ्यास सहितको नमुना मतदान गरिएको मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले बताईन् ।

उनले मतदान स्थलको सुरक्षालाई ध्यानमा राखेर नमुना अभ्यास गरिएको बताईन् । आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ प्रदेशसभा प्रतिनिधी सभा र समानुपातिकतर्फ पनि प्रदेशसभा तथा प्रतिनिधीसभा सहित मतदाताले ४ वटा मतपत्रमा मतपेटिका खसाल्नुपर्नेछ ।

यसपटकको निर्वाचनमा मतदातालाई बदर मतको संख्या कम आउने गरेर बिचार पुर्याई मतदान गर्न आग्रह गरिएको छ । तर आम नागरिकमा भने मतदान गर्ने बिषयमा अन्यौलता रहेको पाईएको छ । जिल्लामा आगमी निर्वाचनका लागी ९६ वटा मतदान स्थल  र २ सय २६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसपटक रामेछापबाट कुल १ लाख ८३ हजार ३ सय ९ जना मतदाताले मतदान गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!