• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप: आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधीसभा सदस्य निर्वाचनका लागी आवश्यक सबै निर्वाचन सामाग्री आईपुगेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान स्थलका लागी आवश्यक पर्ने सबै किसीमका निर्वाचन सामाग्रीहरु आईपुगेका हुन् ।

निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सञ्जय भन्डारीका अनुसार मतदानका लागी आवश्यक अनुसुची,पञ्चिङ मेसिन,मैनबत्ती,लाहा छाप,स्वस्तिक छाप,डोरी,मतपेटिका लगायत ५८ प्रकारका सामाग्रीहरु आईपुगेका छन् । उक्त सामाग्रीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक सुरक्षा सहित स्टोरेज गरेर राखिएको कम्प्युटर अपरेटर भन्डारीको भनाई छ ।

जिल्लामा प्राप्त भएका निर्वाचन सामाग्रीहरु मतदान स्थलको संख्या अनुसार छुट्याउने काम भैरहेको छ । उक्त सामाग्रीहरु सबै मतदान केन्द्रमा आगमी मंसिर १ गतेसम्म मतदान अधिकृतको जिम्मा लगाएर पठाईने छ।

आगामी प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागी जिल्लामा ९६ वटा मतदान स्थल र २ सय २६ वटा मतदान केन्द्र निर्धाचरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!