• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछाप सेवा प्रवाहमा प्रदेशकै दोस्रो उत्कृष्ट केन्द्र बनेको छ । यस प्रदेशका १३ जिल्लामध्ये आर्थिक वर्ष २०७८÷७९ मा आयुर्वेद प्रद्धतीको सेवा प्रवाहमा रामेछाप केन्द्र दोस्रो उत्कृष्ट बनेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले जनाएको छ ।

केन्द्रबाट प्रवाह हुने सेवाको गुणस्तर,प्रकार तथा उपचार पद्धतीमा नागरिक सहभागीलाई हेरेर प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रममा यस केन्द्रलाई उत्कृष्ट दोस्रो भएको घोषाण गर्दै प्रमाणपत्रले सम्मान गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. नदन कँडेलले बताउनुभयो । सोमबार जिल्ला सदरमुकाम स्थित एक रिसोर्टमा भएको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कँडेलले प्रदेश सरकारले मापन गरको बिभिन्न सुचांक पुरा गरेकाले यस केन्द्रलाई प्रदेशकै दोस्रो उत्कृष्ट घोषाण गरिएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रका प्रमुख डा कँडेलले आयुर्वेद सेवा , यसको उपचार पद्धती र यसबाट हुने फाईदा लगायतलाई केन्द्रमा राखेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसवहेक उहाँले केन्द्रले आर्थीक बर्ष २०७८÷०७९ मा गरेको प्रगतीबिवरण समेत सर्वजनिक गर्नुभयो । सर्वाजनिक बिवरण अनुसार गत आर्थीक बर्षमा केन्द्रको भौतिक प्रगती ८० प्रतिशत पुरा गरेको देखिएको छ ।

केन्द्रमा आउने बिरामीको संख्यालाई हेर्दा सबैभन्दा बढी ग्यासट्रिक,हाडजोर्नी र आमवाथका बिरामी आउने गरेको डा कँडेलको भनाई छ । हाललाइ जिल्लाका चार वटा पालिकाबाट आयुर्वेद स्वास्थ्य सेवा प्रवाह हुदै आएको छ । जिल्लाका दुई नगरपालिका र छ वटा गाउँपालिकामध्ये अहिले सदरमुकाममा १ वटा र वडा नम्बर ८ चिसापानीमा आयुर्वेद औषधालय सञ्चालनमा रहेको छ ।

आगमी दिनमा जिल्लाका सबै पालिकाबाट स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्य रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापका व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । उहाँले आफ्नो कार्याकालमा स्थानीय सरकारसंग समन्व्य गरेर आगमी दिनमा केन्द्रलाई अझ ग्रामिण तहसम्म पुयाउने प्रतिवद्धा जनाउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष बद्धी नयाँघरेले आयुर्वेद सेवालाई गाउँसम्म पुर्याउने लक्ष्य सहित लाग्न सुझाव दिनुभयो । उहाँले आयुर्वेद सेवालाई आम नगरिक समक्ष पुर्याउन यसको प्रयोगलाई जोड दिनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!