ओखलढुंगा: चुनावी प्रचारमा निस्किएका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । गत आईतबार चिनावी प्रचारका क्रममा भीरबाट लडेर खिजीदेम्बा गाउँपालिका ६ का ५४ बर्षिय गोपाल तामाङको मृत्यु भएको हो ।
उनी नेपाली काग्रेसको स्थानीय चुनावी प्रचारमा निस्किएका थिए । नेपाली काग्रेसले अयोजना गरेको चुनावी प्रचार अभियानबाट फर्कने क्रममा थारे भिरबाट लडेर उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय खिजीफाटेले जनाएको छ ।
घटना आईतबारको भएपनि प्रहरीलाई ढिला गरी जानकारी प्राप्त भएको ईलाका प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरिक्षक श्रीप्रसाद राईले बताए । मृतक तामाङको शव क्षतविक्षत भएको अवस्थामा गएराती फेला परेको थियो ।
हातमा माईक सहित मृत फेला परेको तामाङले मादक पदार्थ सेवान गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।