रामेछाप: मन्थलीमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । मंगलबार मन्थली बचत तथा ऋण सहकारी संस्थाको २५ औँ स्थापना दिवशको अवसरमा रक्तदान कार्यक्रमको अयोजना गरिएको थियो ।
उक्त रक्तदान कार्यक्रममा स्थानीय नागरिक,स्वास्थ्यकर्मी,अधिकारकर्मी,पत्रकार तथा बिद्यार्थी सहित २० जनाले रक्तदान गरेको आयोजक मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गोबिन्द प्रसाद घिमिरेले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमको अयोजना गरिएको हो ।
तामाकोसी सहकारी अस्पतालको प्राङगणमा भएको कार्यक्रममा २० जना सहभागीहरुबाट कुल २० पाउन्ड रगत सङ्कलन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए। रक्तदान नै जिवन दान भन्ने मुल नाराका साथ भएको कार्यक्रममा सहभागी दाताबाट प्रेसर जाँच गरेर रगत संकलन गरिएको थियो ।
संकलन भएको रगत आवश्यकताको आधारमा जिल्लामा खपत हुने र बाकीँ भएका रगत अन्य जिल्लामा समेत पठाउन सकिने रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले जनाएको छ ।