• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा: लिखु साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाबाट तस्विरा बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको छ । लिखु गाउँपालिकाको वडा नम्बर १,२ र ३ का नागरिकलाई समेटेर साना किसान सहकारी संस्था लिमिटेड सञ्चालन गरिएको हो ।

सहकारी संस्थाको उपाध्यक्षमा प्रतिमा मगर,सल्लाहाकार सदस्यमा देव कुमारी खड्का सहित ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको सहकारीका नवनिर्वाचित अध्यक्ष तस्विरा बुढाथोकीले जानकारी दिईन् ।ग्रामिण क्षेत्रमा रहेका महिलाहरुले सञ्चालन गरेको सहकारीले गाउँको कृषक तथा आम नागरिकलाई बचत गर्ने बानीको बिकाश गरेको छ । गाउँपालिकाको वडा नम्बर दुईमा भएको सहकरीको भेलाले नयाँ समिती चयन गरेको बुढाथोकीको भनाई छ । कार्यक्रममा सहकारीको तर्फबाट गत आर्थीक बर्षमा गरेको संस्थाको आय ब्याय बिवरण समेत सार्वजनिक गरिएको थियो ।

 उत्घाटन सत्रमा कार्यक्रममा बिषेश अतिथी राष्ट्रिय सहकारी संघका पुर्व केन्द्रिय कोषाध्यक्ष तथा समाजेवी नानीबाबु बुढाथोकीले सहकरीले गाउँगाउँका नागरिकलाई जोडेको बताए । उनले महिलाहरु सञ्चालक समितीमा रहेर सञ्चालन गरेका सहकरीले महिलाका लागी मात्र नभएर सबै बर्गलाई समेट्ने गरेर काम गरेको बताए । बेलायतमा सन् १८४४ मा वमन् हेलीयनले पहिलो पटक सहकारीको स्थापना गरेर सन् १८४८ मा जर्मनीमा बचत सहकारी संस्था स्थापना भएर यसको सुरुवात भएको बताए । 

नेपालमा २०१३ सालमा सहकारीको सुरुवा भई अहिले आएर बिश्वभर फैलिएको र सहकरी संस्था आम नागरिकको दुखको साथी बनेको प्रतिकृया दिए । त्यस्तै कार्यक्रमा प्रदेश नम्बर एकका पुर्व अर्थ समितीका सभापती मोहन खड्का हिमशिखरले स्थानीय सरकार सहकारीमैत्री बन्न नसकेको बताए । उनले गाउँगाउँमा खोलेका सहकरीलाई समेट्दै स्थानीय सरकारले सहकारी निति निमार्ण गरेर अगाडी बढ्नुपर्ने बताए ।

 आजभन्दा करिब ४ बर्षअगाडी स्थापना भएको लिखु साना किसान कृषि सहकारी संस्था लिमिटेडमा अहिले भन्डै पौने पाँच सयको हाराहारीमा सेयर सदस्य संख्या रहेको छ । ग्रामिण क्षेत्रमा सहकारी संञ्चालनका लागी स्थानीय कुल बाहादुर खड्काले दुई बर्ष निशुल्क घर भाडामा दिएर सञ्चालनमा आएको हो । अहिले संस्थाले मासिक १ हजारका दरले भाडा उपलव्ध गराउदै आएको उनको भनाई छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!