ओखलढुंगा: लिखु गाउँपालिका २ सिंहदेवी स्थित ज्ञानज्योति माध्यमिक बिद्यालयलमा अक्षय कोष स्थापना गर्न समाजसेवी नानीबाबु बुढाथोकीले आर्थीक सहयोग गर्ने घोषणा गरेका छन् । केही दिन अघि भएको बिद्यालयको ६० औँ बार्षिक उत्सवका अवसरमा समाजसेवी बुढाथोकीले आर्थीक सहयोग गर्ने घोषणा गरेका हुन्।
बिद्यालयमा अध्ययनरत बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुको पठनपाठनमा सहयोग पुर्याउन बिद्यालयले अक्षय कोष स्थापना गर्नुपर्ने बताउदै समाजसेवी बुढाथोकीले आफ्नो तर्फबाट कोषको सुरुवात गर्न रु १० हजार रुपौया तत्काल सहयोग गर्ने बताए ।
समाजसेवी बुढाथोकीले आर्थीक रुपमा बिन्पन्न तथा पढाईमा अव्वल बिद्यार्थीलाई प्रोत्साहानका लागी बिद्यालयमा अनिवार्य अक्षय कोष स्थापना गर्नुपर्ने बताए ।
उनले सो बिद्यालयमा आफ्नो आमा बुबाको सम्झनामा कोषको स्थापना गर्न आर्थीक रकम सहयोग गर्ने बताएका हुन्। बिद्यालयले पनि बिद्यालय शिक्षालाई थप परिष्कृत गर्दै लैजाने र अक्षय कोष स्थापना गरेर बिद्यार्थीहरुमा थप हौसला बढाउने प्रतिबद्धता जनाएको छ ।