सिन्धुली:गोलान्जोर गाउँपालिका ४ मा ६५ बर्ष माथीका जेष्ठ नागरिक बीच दौड प्रतियोगिता आयोजना गरिएको छ । सोमबार आज समाजसेवी श्री कृष्ण गुरु “मुरली”को एकल अयोजनामा दौड प्रतियोगिताको अयोजना गरिएको हो ।
प्रतियोगितामा वडाभित्रका १८ जना जेष्ठ नागरिकहरुको सहभागीता रहेको थियो । ३ किलो मिटर दौड़ प्रतियोगितामा झकल बहादुर ठकुरी प्रथम,राते दमाई द्धितिय र टंक बहादुर ठकुरी तृतिय भएका छन् । प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने जेष्ठ नागरिकलाई क्रमश नगद रु ३ हजार,दुई हजार र एक हजार रुपौया पुरस्कार प्रदान गरिएको त्यहाँबाट स्थानीय हेमन्त ठकुरीले जानकारी दिए ।
जेष्ठ नागरिकको नियमित भेटघाट कार्यक्रम अन्तरगत उनीहरुबिच दौड प्रतियोगिताको आयोजा गरिएको ठकुरीको भनाई छ । प्रतियोगितामा सहभागी १८ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा ज्याकेट समेत प्रदान गरिएको छ ।
जेष्ठ नागरिकको स्वस्थ जिवनशैलीका लागी अभिप्रेरित गर्न प्रतियोगिताको आयोजना गरिएको आयोजनक श्री कृष्ण गुरु “मुरली”ले बताए ।