रामेछाप: मन्थली नगरपालिकाका कार्यकारी अधिकृतले सार्वजनिक बिदाको दिन सरकारी गाडीको दुरुपयोग गरेर घुम्न निस्किएका छन् । सरकारले आईतबार हिजो पोखरामा भएको बिमान दुर्घटनामा मृत्यु भएका ब्यक्तीको शोकमा आज सोमबार सार्वजनिक बिदा दिएको भएपनि नगरपालिकाका कार्यकारी अधिकृत हरी प्रसाद चापागाई लगायतको टोली सरकारी गाडी चढेर होली डे मनाउन रामेछापको भालुखोप डाँडा पुगेका हुन् ।
कार्यकारी अधिकृत चापागाईले नगरपालिकाको प्रदेश नम्बर ३–०१ ००२ झ ५२२८ नम्बर को गाडी चढेर परिवार सहित घुम्न निस्किएका हुन् । उनी सहित अर्का सरकारी नम्बर प्लेटको बा २ झ १७७२ नम्बरको गाडी पनि संगसंगै छ ।उक्त गाडी रामेछाप नगरपालिकाको भएको बुझिएको छ ।
सार्वजनिक बिदाको दिन कुनैपनि सरकारी सवारीसाधन चलाउन पाईदैन । यदी चलाउनै परे स्थानीय प्रशाससंग अनुमती अनिवार्य लिनुपर्ने प्रावधान छ । तर यी दुबै गाडीले प्रशासनबाट कुनैपनि अनुमती नलिएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए । “सार्वजनिक बिदाको दिन बिना पास सरकरी गाडी चढ्न पाईदैन। उक्त दुबै नम्बर प्लेटका गाडीलाई पास जारी गरिएको छैन । यो सरासर दुरुपायोग हो । यस्तो गर्नेलाई कारवाहीको दायरामा ल्याईन्छ ”प्रजिअ रेग्मीले भने ।
भालुखोप डाँडा घुम्न निस्किएका नगरपालिकाका कार्यकारी अधिकृत हरी प्रसाद चापागाईले भने स्थानीय तहको गाडीलाई जिल्लाभित्र कुनैपनि पास लिनुनपर्ने बताए । उनले रामेछाप नगरपालिकाको एउटा फर्म अवलोकन गर्न त्यहाँ पुगेको प्रतिकृया दिए ।“यती कुरा भन्दिनुस् नगरपालिकाको गडीलाई जिल्लाभित्र चलाउन कुनैपनि पास चाहिन्न। त्यही पनि म यहाँ एउटा कृषी फर्म हेर्ने कामले आएको हुँ ”उनले भने ।
मन्थली नगरपालिकाका कार्यकारी अधिकृत रामेछापमा कुन फर्म हेर्न गएका हुन् भन्ने बिषयमै प्रश्न उठेको छ । यस बिषयमा नगरपालिकाका प्रमुख लव कुमार श्रेष्ठले बिदाको दिन कार्यकारी घुमफिर गर्ने भनेर निस्किएको बताए । उनले सार्वजनिक बिदाको दिन सरकारी गाडी चढ्दा अनिवार्य पास लिनुपर्ने र कार्यकारीले पास लिएर गएको हुनुपर्ने भन्दै कर्मचारीको बचाउ गरे ।“कुनैपनि पास बिना हामीले बिदाको दिन गाडी चलाएका छैनौ ,सायद आजपनि पास दिएर जनुभएको हुनुपर्छ ”।
यसअघि पनि सोही गाडीलाई सार्वजनिक बिदाको दिन सञ्चालन गरेको भन्दै स्थानीय प्रशासनले कारवाही गरेको थियो ।सार्वजनिक बिदाको दिन सरकारी प्रयोजन बाहेक प्रयोग भएका सवारीलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रामेछापले जानाएको छ ।