• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सुनकोशी गाँउपालिकाका अध्यक्ष कमल तामाङले आफुले पाएको एक वर्षको तलब सुबिधा बापतको रकम पालिकाका विभिन्न विद्यालयलाई सहयोग गर्ने बताएका छन । गाउँपालिकामा शनिबार आयोजित सुनकोशी गाउँपालिकाको एक बर्षे बार्षिक कार्यप्रगति विवरण सार्वजनिक तथा पत्रकार सम्मेलनमा उनले उक्त घोषणा गरेका हुन ।

अध्यक्ष तामाङले मासिक रुपमा ४४ हजार रुपैँया बराबरको सेवा सुबिधा पाउदै आएका थिए । जसबाट प्रति महिना १० हजार बराबरको रकम गाडी भाडामा खर्च भएको र बाँकी रहेको प्रति महिनाको ३४ हजारका दरले हुने १२ महिनाको ४ लाख ८ हजार रुपैँया पालिकाका विभिन्न विद्यालयलाई सहयोग गर्ने बताएका छन ।

पालिकाका ४ ओटा सामुदायिक विद्यालयलाई प्रति विद्यालय १ लाख २ हजारका दरले हस्तान्तरण गरिने अध्यक्ष तामाङले बताए । फर्निचर निर्माणलगायतका कार्यको लागि रकम पाउने विद्यालयहरुमा कालिका आवि मुलखर्क, कालिका मावि कोषभञ्ज्याङ्ग, कुशादेवी मावि कटुञ्जे र जगत जननी मावि मानेडाँडा रहेका छन ।

पहिलो वर्षको सुविधा अन्तर्रगत यस वर्ष ४ वटा विद्यालयलाई आफ्नै सुबिधाबाट सहयोग गर्न लागिएको भन्दै आगामी वर्षहरुमा पनि आवश्यकता अनुशार सहयोग गरिने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!