• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुङ्गा । विहिबार वेलुका परेको अविरल बर्षात पछि आएको पहिरोमा परि ओखलढुङ्गाको चम्पादेवीमा तिन घर पुरिएको छ । पहिरोले पुरेर दुईजनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । जिल्लाको चम्पादेवी गाउँपालिका ८ विलन्दुमा रहेको गुरुङ बस्तीमा रहेको तिनओटा घर पहिरोले पुरेको हो ।

पहिरोले चम्पादेवी ८ विलन्दुका रण बहादुर गुरुङ, बल बहादुर गुरुङ र जहरसिंह गुरुङको घर पुरेको हो । पहिरोले घर पुर्दा विलन्दु ८ का ३६ वर्षिय रण बहादुर गुरुङ र उनका श्रीमती बर्ष २९ की शिवमाया गुरुङ र नीजहरुको  छोरी कृतिका गुरुङको मृत्यु भएको हो । पहिरोमा पनि मृतक रण बहादुरका १० वर्षका छोरा दिनेश गुरुङ बेपत्ता भएका छन् ।

मध्यरातमा पहिरो आएर घर पुरिएको खबर प्रहरीले शुक्रबार विहान राती करीब १ बजे पाएपछि घटनास्थलमा प्रहरी चौकी चुप्लु घोराखोरीबाट प्रहरीको टोली तथा शशस्त्र प्रहरीको टोली राती नै पुगेको थियो । प्रहरी, शशस्त्र प्रहरी र स्थानीयको सहयोगमा घटनास्थलबाट रण बहादुर गुरुङ, उनका छोरी कृतिका गुरुङको शब निकाली सकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाकका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए ।

पुरिएको स्थानमा रण बहादुरकी श्रीमती शिबमायाको शब समेत रहेको स्थान पहिचान भएकोले यो समाचार तयार पार्दासम्म निकाल्ने प्रयास भैरहेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए । गुरुङका छोरा दिनेशको पने खोजी कार्य भैरहेको पन प्रहरी पनि प्रहरी प्रमुख केसीले जानकारी दिए ।

घटनाको बारेमा जानकारी आएपछि शुक्रबार विहानै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक देवेन्द्र दासको नेतृत्वमा थप प्रहरी बल घटनास्थल तर्फ लागेको छ । प्रहरी निरीक्षकको टोली यो समाचार तयार पार्दैगर्दासम्म बाटोमा नै रहेको प्रहरीले जनाएको छ । पहिरो आएको थाहा पाएपछि अन्य दुईघरका भने भागेर बाच्न सफल भएको पनि प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!