ओखलढुंगा । सुतिरहेको अवस्थामा सर्पले डसेर एक किशोरी घाईते भएकी छिन । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ६ सोक्माटारकी अन्दाजी १५ वर्षिया किशोरी सबिना राईलाई सर्पले डस्दा घाईते भएकी हुन ।
आज (सोमबार) दिउँसो आफ्नै घरमा सुतिरहेको अवस्थामा सर्पले उनको दाहिने हातको हत्केलामा डसेको पाईएको प्रहरी जनाएको छ । सर्पको डसाईबाट घाईते भएकी उनलाई तत्काल उद्धार गरी उपचारका लागि कटारी अस्पताल उदयपुर लगिएको बताईएको छ ।
हाल उनको सोहि अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । किशोरीलाई डस्ने सर्प विशालु हो वा हौईन ? कस्तो सर्प हो भन्ने बारे खुलिनसकेको प्रहरीले जनाएको छ ।