ओखलढुङ्गा । रुम्जाटार बौद्धगुम्बा फाउण्डेशनको नवौं बार्षिक साधारण सभा तथा तेश्रो बार्षिक अधिबेशनले सम्पन्न भएको छ । अधिबेशनले क्याप्टेन मोहन गुरुङलाई सर्बसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । शुक्रबार काठमाण्डौंको नवदुर्गा पार्टीप्यालेसमा सम्पन्न भएको तेश्रो अधिबेशनले क्याप्टेन गुरुङको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
निर्वाचित हुने फाउण्डेशनका अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा प्रा.डा. गणेश गुरुङ, प्रथम उपाध्यक्ष सिताराम गुरुङ, महिला उपाध्यक्ष गणु गुरुङ, द्वितिय उपाध्यक्ष सुनिता गुरुङ रहेका छन् । त्यस्तै महासचिबमा सिआई दिलप्रकाश गुरुङ, सचिव हरि गुरुङ, सहसचिब कमला गुरुङ, कोषाध्यक्ष ल्याप्टेन रुद्र बहादुर गुरुङ, सहकोषाध्यक्ष मौसमी गुरुङ रहेका छन् ।
त्यसैगरि बौद्धगुम्बा फाउण्डेशनका सदस्यहरु क्रमश ईञ्जिनियर ललित गुरुङ, बिक्रम गुरुङ, मोहन पोखरेल, लक्ष्मी गुरुङ, बेलकुमारी गुरुङ, मनरस घले रहेका छन् । बाँकी दुईजना सदस्य भने पछि अत्याबश्यक, बिद्दत तथा भूगोल समेटिने गरी राखिने फाउण्डेशनको नवनिर्वाचित समितिको प्रथम बैठकले निर्णय समेत गरेको छ ।
रुम्जाटार बौद्द गुम्बा फाउन्डेशनका सरोकारवाला प्रमुख सँरक्षक, सँरक्षक, आजिबन र सँस्थागत सदस्य, चन्दादाताहरु सम्मिलित सस्थाको नवौ बार्षिक साधारणसभा र बार्षिक अधिबेशनको उद्घाटन सत्र कार्यक्रममा सँस्थाको अध्यक्ष सिआई टेकबहादुर गुरुङले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्र कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा उपस्थित कोशी प्रदेशको पूर्ब भौतिक तथा पुर्वाधार मन्त्री अम्बिर बाबु गुरुङ, बागमती प्रदेश माननीय ओम कुमारी श्रेष्ठ, सँस्थाका सँस्थापक, प्रमुख सँरक्षक, आजिबन सदस्य लगायतले शुभकामना व्यक्त गरेका थिए । त्यस्तै सँबिधान सभा सदस्य यज्ञराज सुनुवार, सकुन्तला राजभण्डारी कार्की, पूर्ब मन्त्री तथा प्रदेश माननीय प्रदिप कुमार सुनुवार, सिद्धिचरण नगरपालिकाका पूर्व मेयर लगायत अतिथिहरुले शुभकामना सन्देश पठाएका थिए ।