ओखलढुंगा । नेपाली कांग्रेसका पार्टी सभापती तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा ओखलढुंगा आउने भएका छन । नेपाली कांग्रेस ओखलढुंगाको पार्टी कार्यालय भवन (बिपी स्मृती भवन) उद्घाटन तथा जिल्ला सम्मेलनका लागि भोली (मंगलबार) उनि जिल्ला आउने भएका हुन ।
जिल्ला आएर उनले विहान ११ बजे भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको आज (सोमबार) सदरमुकाममा पत्रकार सम्मेलन गर्दै पार्टीका जिल्ला सभापती तेजन खनाल (तेजेन्द्र) ले जानकारी दिए ।
देउवा संगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रिय सांसद रामहरी खतिवडा, प्रदेश सांसद प्रदिप सुनुवार, कांग्रेस कोशी प्रदेशका सभापती उद्धब थापा लगायतका नेताहरु जिल्ला आउने उनले बताए ।
कार्यक्रमका लागि मञ्च ब्यवस्थापन, प्रचारप्रसार लगायतका सबैजसको काम सकिएको उनले जानकारी दिए । भवन उद्घाटन संगै भोली जिल्ला सम्मेलनको उद्घाटन हुने र पर्सी समापन हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कार्कीको समेत सहभागिता हुने भएकाले पहिचान पक्षधरको विरोध हुनसक्छ कि ? भन्ने पत्रकाहरुले जिज्ञासा राखेका थिए । जसमा सभापती खनालले भोलीको कार्यक्रम कुनै सरकारी नभई पार्टीको कार्यक्रम भएकाले पहिचान पक्षधरलाई त्यस्तो कुनै पनि विरोध नगर्न अनुरोध समेत गरिएको बताए । जसले गर्दा सकेसम्म कार्यक्रममा पहिचान पक्षधरको विरोध नहुने उनको तर्क छ ।