पुष २८ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा खिजिदेम्बा गाउँपालिका वडा नं। ३ चण्डेश्वरी वस्ने ६७ बर्षिय खेमराज सुनुवार रहेका छन् ।
घरबाट मिस्त्री काम गर्नका लागि रगनी जान्छु भनेर सुनुवार शुक्रबार विहान ६ बजे निस्केको मृतकका परिवारले जानकारी दिएका छन् । काममा गएका सुनुवार बेलुका साँझसम्म घर नफर्किएपछि घरपरिवारले उनको खोजि गरेको थियो । खोजि गर्ने क्रममा सुनुवारलाई शुक्रबार बेलुकी साँढे ८ बजेतिर खिजिदेम्बा गाउँपालिकाको वडा नं। ३ डाँडापारी चस्कु भन्ने भिरमा गोरेटोबाटो बाट लडेर करीब ५ सय मिटर तल मृत अबस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।
घटनाको बारेमा स्थानीयले प्रहरीलाई जानकारी गराउनसाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरीको टोली घटनास्थलमा गएको थियो । घटनास्थलमा पुगेको प्रहरीले कानूनी प्रकृया पूरा गरी शबलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।