ओखलढुंगा । मोलुङ हाईड्रोपावर कम्पनीको स्कोरपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन । आज (बिहीबार) दिउँसो झन्डै १ बजे जिल्लाको मोलुङ गाउपालिक ५ ओखरबोट स्थित भित्री सडक खण्डमा प्राप्चाबाट खोलाखर्क तर्फ जाँदै गरेको मोलुङ हाईड्रोपावर कम्पनीको गाडी दुर्घटना भएको हो ।
हाईड्रोपावरका कर्मचारी बोकेर जादै गरेको बा २० च ४८६२ न. को स्कारपियो गाडी ट्रनिङ् काट्ने क्रममा अनियन्त्रित भई सडक बाट अन्दाजी १०० फिट तल झरी दुर्घट्ना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी चालक मोरङको पथरी नगरपालिका बस्ने २६ वर्षिय गणेश रसाईलीको मृत्युु भएको छ ।
दुर्घटनामा तेह्रथुमक्क मन्छयायेम गाउपालिका ५ का ३२ वर्षिय यज्ञप्रसाद निरौला, भक्तपुरको सल्हाघारी बस्ने बर्ष ३८ को मित्रलाल भुर्तेल, सिन्धुलीका ४५ वर्षिय सन्देश कार्की, जिल्ला स्थित मोलुङ गाउपालिका ५ बस्ने वर्ष ४० कुमार कार्की र सुनसरी रामधुनी न.पा. ४ बस्ने ३२ वर्षिय अर्जुन दाहाल घाइते भएका छन ।
घाइतेहरुको उद्दार गरी गम्भीर घाइते भएका मित्रलाल भुर्तेल, सन्देश कार्की र कुमार कार्कीलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौं स्थित हेम्स अस्पताल पठाईएको छ । घटना बारे थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।