ओखलढुंगा । करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारी घाईते भएका छन । घाईते हुनेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नंम्बर ११ घर भई हाल बिधुत प्राविधिकरण रुम्जाटार ओखलढुंगामा कार्यरत २१ बर्षिय प्रबिन राई रहेका छन ।
आज (मंगलबार) दिउँसो झन्डै ३ बजे तिर जिल्लाको सिद्विचरण नगरपालिका वडा नं. नं ४ रुम्जाटार स्थित सडक छेउमा रहेको बिजुलीको पोलमा चढि बल्ब जोड्ने क्रममा निज राईलाई अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेपछि उनी बिजुलीको पोलबाट जमिनमा खस्दा घाईते भएको प्रहरीले जनाएको छ । उनलाई तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगामा पठाईको र उपचार भईरहेको छ ।
उनको हालको अवस्था सामान्य बोल्न सक्ने, अवस्था मध्यम रहेको जिल्ल प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।