ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका २ ठुलाछापमा जंगली जनावर चितुवा तथा बाघको आतंक बढेको पाइएको छ । केही दिनयता बाघ तथा चितुवाले गाउँमा पसेर घरपालुवा जनावरहरु माथी आक्रमण गरि मार्ने गरेका छन ।
गएराती (सोमबार) स्थानीय रुद्रबहादुर कटवालको खोरमा रहेको माउ बाख्रोलाइ आक्रमण गरि मारेको पाइएको सिद्धिचरण नगरपालिका २ का वडा अध्यक्ष वसन्त कट्वालले जानकारी दिए । उनका अनुशार केहि समय अगाडि अर्का स्थानीय ज्ञानबहादुर चर्मकारको पनि राती खोरबाट बङ्गुर हराएको थियो ।
त्यस्तै अर्का एक स्थानीयको बन नजिकै चराउन लगिएको खसी मारेको उनले बताए । बाघले खसीलाइ आक्रमण गर्दै गर्दा स्थानीयले देखेको र धपाएको उनको भनाइ छ । सोही दिन स्थानीय हिमालय माध्यमिक विद्यालयको परिसर निशँखे बजारमा बेलुकाको समयमा जोडी बाघ देखा परेको स्थानीयले दाबी गरेका छन ।
गाउँमा बाघ तथा चितुवाको आतंक बढ्न थालेपछि मानिसलाई समेत खतरा हुन सक्ने भन्दै वडा कार्यालयले स्थानीयलाई सतर्क रहन समेत अनुरोध गरेको छ ।
मानव जातिकाे अन्त्य गरेर बन प्राणीकाे रक्षा गरिरहेकाे सरकारकाे अभियानमा सबैले साथ दिओौँ
मान्छेले बर्षभरी भाेकाे रहेर केही हुँदै
बाँदरकाे जतन गराैँ
बाघले मान्छे माराेस केही घट्दैन
बाघ र चितुवा सरक्षण गराैँ
भुस्याहा जाबाे कुकुरले मान्छेलाइ टाेकेर के हुन्छ त
कुकरकाे चाहिँ जतन गराैँ
सडक जसतासुकै धराप र खाल्टै खाल्टाले भरिपूर्ण छँदैछन्
तेता देखे पनि अर्कातिर फर्केर हिड्ने गराैँ
२०५७ सालमा एशियाली मापदणडमा पुगेकाे नेपाल
त्यहाँ भन्दा माथि अहिले अफ्रीकी मापदण्डमा पुगी सकेकाेमा
गर्वले शीर उच्चाे गराैँ । है त ।