ओखलढुंगा । बुधबारको अबिरल बर्षाको कारण पहिरोले कुखुरा फर्म पुरिदा १० लाख बराबरको क्षती भएको छ । जिल्लाको मोलुङ गाँउपालिका-२ बसेरी बस्ने आशबहादुर राईको बाँसको चित्राको बेरा र प्लाष्टिकको छानो भएको कुखुरा फर्म भन्दा माथिबाट ढुंगा माटोको लेदो सहितको पहिरो खस्दा पुरिएको हो ।
पहिरोले कुखुरा फर्म पुरिदा उक्त कुखुरा फर्ममा रहेको ४ सय वटा ब्रोइलर कुखुरा मरेको पाइएको प्रहरीले जनाएको छ । त्यस्तै पहिरोकै कारण ६ बोरा दाना,४ बोरा भुष र १ थान सोलार प्यानल समेत नष्ट भएको छ ।
उक्त कुखुरा फर्म,कुखुरा फर्ममा रहेको कुखुरा, दाना,भुष,सोलार प्यानल समेत गरेर करिब १० लाख रुपैयाँ बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।