• २०८१, २९ चैत्र शुक्रबार
0 COMMENTS

ओखलढुंगा । जनता आवास कार्यविधि कार्यान्वय गराउन जिल्लाका दलित अगुवाहरुले सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराएका छन । आज (आईतबार) दलितका लागि दलित जागरण अभियान ओखलढुंगाले जनता आवास कार्र्यक्रम सञ्चालन गर्ने शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाको ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्र सहित कार्यालय पुगेको दलित अगुवाहरुको टोलीले कार्यालयका निमित्त प्रमुख रजनिस झाँ लाई ध्यानाकर्षण पत्र बुझाएका छन । ध्यानाकर्षण पत्रमा सम्बन्धित दलित समुदायलाई यसअघि जनता आवास कार्यक्रममा उचित तरिकाले समेटेको नपाएको उल्लेख छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को आगामी समयमा सञ्चालन हुने जनता आवास कार्यक्रममा कार्यक्रम सञ्चालनको संसोधित कार्यविधी २०७५ अनुशार लक्षित वर्ग नै समेटिनु पर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय दलित आयोगले सुचीकृत गरेका दलित समुदायलाई विशेष गरि जिल्लामा यस अघि सञ्चालित जनता आवास कार्यक्रममा उचित तरिकाले समावेश नगरिएको पाईएकाले आगामी दिनमा यस्तो नहोस भनेर सम्बन्धित निकायको ध्यानाकर्षण गराईएको अभियानका संयोजक गोपाल बिकले बताए । ध्यानाकर्षण पत्र बुझ्दै कार्यालयका निमित्त प्रमुख झाँ ले आगामी दिनमा लक्षित वर्गलाई नै कार्यक्रममा समावेश गर्न विशेष पहल गरिने बताए ।

जनता आवासका लागि सम्बन्धित प्रदेश सभा सदस्यलाई नै छनौटको अधिकार भएको कारण सांसदले नै छनौट गरिएकाहरुलाई कार्यक्रममा समावेश गर्ने गरिएको उनको भनाई छ । यद्यपी आगामी दिनमा सम्बन्धित सरोकारवालाहरु संगको छलफलमा आजको ध्यानाकर्षण पत्रको बारेमा समेत चर्चा गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!