ओखलढुंगा । जिल्लामा १ बर्षको अवधीमा ६१ वटा आपराधिक घटना घटेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) ले आज (बुधबार) ओखलढुंगामा आयोजना गरेको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२५ को प्रकाशन पुर्ब गरिएको बार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।
सिद्धिचरण नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा इन्सेकले सन २०२४ को जनवरी १ देखि डिसेम्बर ३ अर्थात २०८० पुस १६ गतेदेखी २०८१ मङ्सिर १८ गतेसम्म जिल्लामा घटेका घटनाहरुको तथ्यांक प्रस्तुत गरिएको थियो । तथ्यांक अनुशार उक्त घटनामा १० बालिका, ४ बालक, ४४ महिला र ४ पुरुष सहित ६२ जना पीडित भएका छन ।
बितेको १ बर्षको अवधीमा ५ वटा हत्या,२४ बलात्कार, २ यौन दुर्व्यवहार, २५ घरेलु हिंसा, ३ कुटपिट तथा शारीरिक यातना, १ आत्महत्या दुरुत्साहन र १ जातिय विभेदका घटना घटेको पाइएको छ । बलात्कारका घटनामा ११ वर्षीया बालिका देखि ५५ बर्षका महिलासम्म पीडित भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
कार्यक्रममा उपस्थित जिल्ला स्थित सरोकारवालाहरुले अदालतमै पुगेका बाहेक अन्य घटनाहरु पनि तथ्यांककमा समावेश गर्न सुझाब दिएका थिए । बिगतका बर्षहरुमा भन्दा यस बर्ष घरेलु हिंसा र बलात्कारका घटना झन बढेको पाइएको भन्दै यसको न्यूनीकरणका लागि पनि सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने उनिहरुको भनाइ थियो ।
मानव अधिकार उल्लंघन तथा ज्याजतीका घटना बर्ष पुस्तकमा दस्तावेजका रुपमा संग्रहित गर्न पुस्तक प्रकाशन पुर्ब वार्षिक समीक्षा गरिएको इन्सेक ओखलढुंगाका प्रतिनिधि सरस्वती बानियाँले बताईन ।