• २०८१, २९ चैत्र शुक्रबार
0 COMMENTS

ओखलढुंगा । दुई लाख नगद चोरी गरेको आरोपमा एक १६ वर्षिय किशोर पक्राउ परेका छन । जिल्लाको सिद्दिचरण नगरपालिका वडा नं.८ सल्लेरी स्थित नरबहादुर गुरुङको घरको कोठामा राखेको नगद चोरेको आरोपमा उनी पक्राउ परेका हुन ।

गत मङ्सिर २७ गते गुरुङको घरबाट उक्त रकम चोरी भएको थियो । घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा आएपछी प्रहरी टोलिले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा निज १६ बर्षिय किशोरलाइ मङ्सिर ३० गते पक्राउ गरिएको हो ।

पक्राउ परेका ती किशोरले चोरी गरेको भनि स्विकार गरेको र उक्त हराएको रकम मध्ये ९९ हजार निज किशोरबाटै बरामद भएको प्रहरीले जनाएको छ । घटनामा सम्लग्न ती किशोरको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

निजलाई आज (सोमबार) ओखलढुंगा जिल्ला अदालतबाट म्याद थपेर समेत थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!