ओखलढुंगा । उच्च अदालत विराटनगर अस्थाई ईजलास ओखलढुंगाले ४ हजार भन्दा बढी मुद्धा सफ्टवेयरमा प्रविष्ट गरेको छ । अदालतको अभिलेखमा दर्ता भएका ४ हजार ३ सय ७३ थान मुद्धा सफ्टवेयरमा प्रविष्ट गरेको हो । अदालतले आज न्यायमा बाह्य पहुँच तथा पत्रकार संगको अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै चालु आर्थिक वर्ष २०८१÷०८२ को हालसम्मको लक्ष्य तथा प्रगती विवरण सार्वजनिक गरेको छ ।
विवरण सार्वजनिक गर्दै उच्च अदालत विराटनगर अस्थायी ईजलास ओखलढुंगाका रजिष्ट्रार विष्णुप्रसाद पाण्डेयले अभिलेखमा दर्ता भएका हालसम्मका सबै मुद्धा सप्mटवेयरमा ईन्ट्री गरिएको बताए । उनले यसै आर्थिक वर्षबाट कोर्टरुम टेक्नोलोजीको प्रयोग गरि भिडियो कन्फ्रेन्स मार्फत बहस, बयान र बकपत्र सञ्चालन गरिएको जानकारी दिए ।
त्यस्तै गत आर्थिक वर्षबाट सुरु गरिएको सेवाप्रवाह समय कार्ड (टाईम कार्ड) लाई निरन्तरता दिईने बताए । टाईम कार्ड लागु गर्ने उच्च अदालत विराटनगर अस्थायी ईजलास ओखलढुंगा मुलुकमै पहिलो रहेको उनको भनाई थियो । अदालते कुनै पनि मुद्धा बढीमा ६ महिनाभित्र फैसला गर्ने गरि काम गरिएको पाण्डेयले बताए ।
कार्यक्रममा ईजलास ओखलढुंगाका मुख्य न्यायाधिष धिरबहादुर चन्दले अदालत आम नागरिककै भएकाले जिल्लामा रहेको अस्थायीलाई स्थाई बनाउन नागरिकले नै भूमिका खेल्नुपर्ने बताए । अदालतमा हुने ढिलासुस्ती विरुद्ध खबरदारी गर्नु पत्रकारको कर्तब्य र धर्म भएको भन्दै उनले कानुनले नै बन्देज गरेका अदालतको मुद्धाको फैसला लगायतका विषयमा भने टिकाटिप्पनी नगर्न आग्रह गरे । यस्ता विषयमा दुष्प्रचार हुँदा अदालतप्रतिको जनआस्था घट्ने र विचाराधिन मुद्धामा प्रभाव पार्ने उनको भनाई थियो ।
अदालतले चालु आर्थिक वर्षको हालसम्मको अवधीमा जिम्मेवारी सरेका २३ र नयाँ दर्ता ९६ गरि जम्मा ११९ मुद्धा मध्ये ७१ वटा मुद्धा फैसला गरिसकेको छ । गत वर्षको जिम्मेवारी सरेका र चालु आर्थिक वर्षको हालसम्म नयाँ दर्ता भएका मध्ये सबैभन्दा धेरै २५ वटा जबरजस्ती करणीको मुद्धा देखिएको छ ।
अदालतको विवरण अनुशार १३ वटा फैसला भैसकेको छ भने १२ वटा फैसला हुन बाँकी रहेको छ । त्यस्तै दोस्रोमा अंश÷सम्बन्ध विच्छेद÷मानाचामलमा १२ वटा मुद्धा दर्ता भएकोमा ६ वटा फैसला भैसकेको छ ।