ओखलढुंगा । जिल्ला अदालत ओखलढुंगाले चालु आर्थिक वर्षको हालसम्म १ सय ३६ वटा मुद्दा फैसला गरेको छ । अघिल्लो वर्षको जिम्मेवारी सरेका १६० र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका १६१ गरी जम्मा ३२१ मुद्धा मध्ये १३६ मुद्धाको फैसला गरेको हो ।
जिल्ला अदालतले आज (शुक्रबार) जिल्ला स्थित अदालत, सञ्चारकर्मी र नागरिक समाज बिचको अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै चालु आर्थिक वर्षको हालसम्मको लक्ष्य र प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुशार लगतको आधारमा हालसम्म ४२ दशमलब ३६ प्रतिसत मुद्धा फैसला भएको छ । चालु आर्थिक वर्षमा नयाँ मुद्धा दर्ता र जिम्मेवारी सरेका गरि ४९३ अनुमानित लगत मध्ये ३२१ वटा मुद्धा फछर्यौट गरिसक्ने अदालतले लक्ष्य लिएको छ ।
कार्यक्रममा ६ महिना भित्रका ११७ मुद्दा, ६ महिना देखी १२ महिना सम्मका ५४, एक वर्षदेखि १८ महिनासम्मका ११ र डेढ वर्षदेखि २ वर्ष भित्रका ३ गरि जम्मा १८५ वटा मुद्दा चालु अवस्थामा रहेको बताईएको छ । आलु आर्थिक वर्षको हालसम्मको लगत मध्ये दुनियाबादी देवानी तर्फ १९४, दुनियाबादी फौजदारी तर्फ ७२ र सरकारवादी फौजदारी तर्फ ५५ मुद्धा रहेको अदालतले जनाएको छ ।
कार्यक्रममा थुनुवा तथा मुल्तवी मुद्धाको विवरण, फैसला कार्यान्वयनको अवस्था, फैसला लेखन सम्बन्धी विवरण, व्यवस्थापकिय कार्यहरुको विवरण, अभिलेख व्यवस्थापन र मेलमिलाप सम्बन्धि विवरण समेत सार्वजनिक गरिएको थियो । अदालतको प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला न्यायाधिष गिरिराज गौतमले अदालतको सेवा प्रवाह बारे समय समयमा संचारमाध्ययम मार्फत नागरिकलाई जानकारी गराउन पत्रकारहरुलाई आग्रह गरे ।
उनले अदालतबाट प्रवाह भएका सेवामा कुनै त्रुटी भएको पाईए खबरदारी गर्न पनि अनुरोध गरे । यसो गर्दा सेवाप्रवाह थप प्रभावकारी बन्ने उनको भनाई थियो । त्यस्तै हाल अदालतको सानोे भवन भएकाले सेवा प्रवाहमा समेत समस्या भैरहेको बताए । जिल्ला अदालतको निर्माणाधिन नयाँ भवनमा सरेपछि नागरिकलाई सेवा दिन थप सहज हुने उनले आशा ब्यक्त गरे । कार्यक्रममा जिल्ला स्थित पत्रकार, न्यायाधिष गौतम सहित अदालतका तहसिलदार कल्याण खड्कालगायतको सहभागिता रहेको थियो ।