ओखलढुंगा । कुटपिट बाट सख्त घाईते भएका एक पुरुषको मृत्यु भएको छ । गत माघ २ गते जिल्लाको चिसंखुगढी गाउँपालिका १ कुईभिरका २ स्थानीय ६५ बर्षिय टुकराज राई र ४५ बर्षिय रामकुमार राई बिच विवाद सुरु भएको थियो ।
बिवाद चर्किँदै जाँदा टुकराजको कुटपिटबाट रामकुमार सख्त घाईते भएका थिए । घाईते उनको उद्धार गरि आज (शुक्रबार) उपचारका लागि सामुदायिक अस्पताल सोब्रुमा ल्याईएको थियो । उपचारको क्रममै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण खड्काले जानकारी दिए ।
घटनामा संलग्न टुकराज राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।